बिहिवार, चैत्र १३ २०७६
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक ज्यालादारी र न्यून आय भएकाहरुको गुजरा चलाउने प्रबन्ध मिलाइदिन सरकारसँग माग गरेका छन्। देउवाले विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भएपनि लकडाउनको मारमा पर्ने न्यून आए भएकाहरुको गुजरा चलाउन आवश्यक प्रवन्ध मिलाउन माग गरेका हुन्।
देउवाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कोरोनाबाट सुरक्षित हुँदाहुँदै कोही पनि मोकमरीबाट मर्नुपर्ने अवस्था आउन नहुने बताएका छन्।
‘विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो। तर सरकारले लकडाउनले दैनिक ज्यालादारी र न्यून आय भएकाहरुको दैनिक गुजरा चलाउने प्रवन्ध गर्न पनि आवश्यक छ,’ उनले भनेका छन्, ‘कोरोनाबाट सुरक्षित हुँदा हुँदै कोही पनि भोकमरीको शिकार बन्न नपरोस्। म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आए भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।