काठमाडौं - नेपालमै एक उच्च क्षमताको मास्क उत्पादन उद्योगको स्थापना छिट्टै हुने भएको छ । उक्त उद्योगको स्थापनाको लागि चाहिने सबै आवश्यक उपकरणहरु जगदम्बा गुप्रको माँग अनुसार भारतबाट पठाइसकिएको छ ।
जगदम्बा गुप्रले माँग गरेको एक हप्ता भित्रमै आवश्क सबै उपकरणहरु नेपाल भित्रिएको बताइएको छ । एक हप्तामै उपकरणहरु गुजरातबाट सुनौली आइपुगेको छ । सामान्यता रुपमा भारतबाट नेपाल आउने कन्टेनरलाई आईपुग्न कम्तीमा १५ दिन लाग्ने गर्दछ ।
भारतीय अधिकारीको तदारुकता र दिनरातको कठिन परिश्रमका कारण छोटो समयमै सो उद्योगको स्थापनाको लागि आवश्यक उपकरणहरु नेपाल आइपुगेका हुन् ।
यसैगरी कोरोनो विरुद्ध आवश्यक मेडिकल सामाग्रीहरुको १५ वटा थप कन्साइनमेन्टहरु पनि गत हप्ता नेपाल आईपुगेको हो । भारतीय अधिकारीहरु नेपालतर्फ आउने सबै कन्साईमेन्ट चाँडो नेपाल पुगोस भन्नेमा गभ्भिर देखिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।