काठमाडौं – कम्युनिस्ट सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दिनभर जनतालाई ढाँटेको खुलासा भएको छ ।
नेपालमा कोरोना भाइरसका तेस्रो संक्रमण व्यक्ति भेटिएपछि मन्त्री ढकालले ती व्यक्ति कतारबाट आएका दाबी गरेका थिए । तर साँझसम्म मन्त्री ढकालले दाबी गलत सावित भएको छ ।
बुधबार मन्त्रालयबाट भिडियोमार्फत जानकारी दिँदै मन्त्री ढकालले चैत्र ६ गते कतारबाट आएका युवामा कोरोना संक्रमण देखिएको सार्वजनिक गरेका थिए । तर मन्त्रीको भनाइ गलत भएपछि मन्त्रालयले तथ्य सच्याएको छ ।
मन्त्रालयका अनुसार ती संक्रमित व्यक्ति कतारबाट नभई संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपाल आएका थिए ।
बुधवार साँझ स्वास्थ्य मन्त्रालयले ती व्यक्ति एयर अरेबियाबाट काठमाडौं आएको जानकारी दिँदै मन्त्री ढकालले बोलेको तथ्य गलत प्रमाणित गरेको छ । एयर अरेबियाको फ्लाइट नम्बर जी ३५३७ बाट ती व्यक्ति चैत ६ गते राति १० बजे काठमाडौं ओर्लिएका थिए ।
मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘सबैको जानकारीका लागि – कोरोना भाइरस (कोभिड–१९) का तेस्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।