बुधवार, चैत्र १२ २०७६
नयाँ दिल्ली– छिमेकी मुलुक भारतमा कोभिड–१९ बाट संक्रमित मध्ये ४८ जना निको भएर घर फर्किएको खबर छ ।
भारतीय मिडियाका अनुसार हालसम्म भारतमा ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ११ जनाले ज्यान गुमाईसकेका छन् । भारतमा नयाँ संक्रमितको संख्या घट्न थालेको बताईएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि पूरा देश लकडाउन हुने घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न भारतभर २१ दिन लकडाउन हुने भएको हो ।
देशबासिका नाममा मंगलबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सम्पूर्ण भारतीयहरुको जीवन बचाउनका लागि तीन साता लामो बन्दको घोषणा गरेको बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।