आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बागमती गाउँपालिका – ३ स्थित भटे्डाडा आधारभूत विद्यालयमा क्वारेन्टाइनको व्यवस्था

बागमती गाउँपालिका – ३ स्थित भटे्डाडा आधारभूत विद्यालयमा क्वारेन्टाइनको व्यवस्था

  • बुधवार, चैत्र १२ २०७६

  • 4.9K
    SHARES

  • ललितपुर - ललितपुर जिल्लाको बागमती गाउँपालिका – ३ स्थित भटे्डाडा आधारभूत विद्यालयमा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । बागमती गाउँपालिकाले कोभिड–१९को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा ५ देखि १० जना बिरामी अट्ने क्वारेन्टाइन निर्माण गरिएको हो । यसलाई आवश्यकताअनुसार ३० जनाको उपचार कक्ष बनाउन सकिने वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले बताए । कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउन सो क्वारन्टाइनको व्यवस्थापन भइरहेको बागमती गाउँपालिका अध्यक्ष वीरबाहादुर लोप्चनले बताए । क्वारेन्टाइन तयार गर्न भट्टेडाँडा स्वास्थ्यचौकीले व्यवस्थापन गर्ने निर्णयसमेत गरिसकेको छ । बागमती गाउँपालिकाले हरेक वडाले विदेशबाट घर फर्कने नागरिकको तथ्याङ्क सङ्कलन गरी घरमै आइसोलेसनमा बस्न लगाउँनेछ । गाउँपालिकाभित्र हुनसक्ने बिरामीलाई ध्यानमा राखी बागमती गाउँपालिका बडा नम्बर ३ का वडाध्यक्ष तिमिल्सिनाले चढ्दै आएको गाडीलाई एम्बुलेन्सका लागि तयारी अवस्थामा राखिएको छ । संक्रमण देखिएमा बागमती गाउँपालिका र प्रहरी मिलेर अस्पतालसमेत लैजाने व्यवस्था गरिएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १२ २०७६११:५२:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend