मंगलवार, चैत्र ११ २०७६
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले स्थापना गरेको कोरोना भाइरस, संक्रमण रोकथाम नियन्त्रण उपचार कोषमा १५ दिनको तलब बराबरको रकम दिने घोषणा गरेका छन्।
प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको १५ दिन बारबारको तलब कोषमा दिने निर्णय गरिएको छ।
कांग्रेसले सरकारले सरकारले एक साताका लागि गरेको लकडाउनको निर्णय पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह समेत गरेको छ। यस्तै श्रम गरेर दैनिक जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवन यापन गर्न कठिनाइ हुने भन्दै उनीहरुका लागि सजहरुपमा खाद्यन्न उपलब्ध गराउन सरकारसँग माग समेत गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।