आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरसबाट बच्न कांग्रेस सह–महामन्त्रीका सात टिप्स

कोरोना भाइरसबाट बच्न कांग्रेस सह–महामन्त्रीका सात टिप्स

  • मंगलवार, चैत्र ११ २०७६

  • 7.3K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सात टिप्स दिएका छन्। नेपालमा समेत एक जनामा कोरोना संक्रमण भेटीएपछि सरकारले मंगलबार देखि लक डाउनको निर्णय गरेको छ। यस्तो अवस्थामा महतले नेपालीमा कोरोना भाइरसबाट बच्न र बचाउन गम्भीर हुँदै सचेत रहन अनुरोध गरेका छन्।

    यस्तो छ उनको अपिल

    कोरोना भाइरस (कोभिड–१९) बाट आफ़ू पनि बचौ र अरुलाई पनि बचाऊँ !

    सर्वप्रथम देश विदेशमा रहनुभएका साथीभाई, इष्टमित्र, दिदिबहिनी,दाजुभाई सम्पुर्ण नेपालीमा कोरोना भाइरसबाट बच्न र बचाउन गम्भीर हुँदै सचेत रहन अनुरोध गर्दछु ।

    कोभिड –१९ अर्थात कोरोना भाइरस संसारभरी महामारीका रूपमा फैलिएको छ । यसको रोकथाम गर्ने भ्याक्सीन बनेको छैन । र, उपचारको ठोस औषधी पनि बनिसकेको छैन । संक्रमितबाट अरूमा सर्ने भएकाले संक्रमितको सम्पर्कमा नजानुनै यसबाट जोगिने उत्तम उपाय हो । तर, नेपालमा को संक्रमित भएको छ रु वा छैन रु ठोस जानकारी छैन । संक्रमित भएको परिक्षणको राम्रो व्यवस्था पनि छैन । संक्रमण फैलिएको देशबाट आगमन सरकारले समयमै रोक्ने काम गरेन । बल्ल अहिले रोक्दैछ ।

    यस्तो अवस्थामा सरकारका तर्फ बाट रोकथामका लागि संक्रमित देशहरूको अनुभव र विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरूप ठोस उपायहरू लागु गर्न जरुरी छ । हचुवा र सतही काम नहोस् । तर, यो महामारीबाटबंच्ने र बचाने काम हामी आम नागरिकलेआफै जागरूक भएर पनि गर्न जरूरी छ । विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार चलौं ।

    कोरोना (कोभिड–१९) को लक्षणः

    रूघाखोकीजस्तै देखिन्छन् । ज्वरो, खोकी र श्वास फेर्न गार्हो हुनु यसको सामान्य लक्षण हो ।

    कसरी सर्छ ? संक्रमित व्यक्तिले हाँछ्यु गर्दा र खोक्दा नजिक रहेको व्यक्तिलाई सर्दछ । त्यस्तै भाइरस रहेको ठाउँमा छुँदा वा संक्रमितहरूलाई छुँदा संक्रमण हुनसक्दछ ।

    कसलाई सर्छ ? जसलाई पनि सर्ने सम्भावना हुन्छ । वृद्दहरू, डाइबिटिज, मुटु रोग लागेका दिर्घ रोगीहरूलाई सर्ने सम्भावना बढी हुन्छ ।

    कसरी बच्ने कोरोनाबाट ? १.माथि उल्लेखित लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुस् । अरू बेलामा घरबाट बाहिर ननिस्कनुस् । २.खोक्दा र हाँछ्यु गर्दा मुख छोप्नुस् । अथवा कुइनाले नाक, मुख ढाकौं। ३.साबुन पानीले पटक पटक हात मिचिमिचि धुने गरौ । ४.आफुले छोएको ठाउँ वा वस्तु सफा राखौं । ५. हात मिलाउनु वा अंकमाल गर्नुको साटो नमस्कार गरौं । ६. भिडभाडमा नजाऊँ । ७. कसैलाई भेट्नै परे टाढा रहेर (दूरी कायम गरेर) भेटौं ।

    कोरोना भाइरस बाट आफ़ू पनि बचौ अरुलाई पनि बचाऊ!

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ११ २०७६०६:२६:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend