काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लड्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रचनात्मक आइडिया निकालेको छ ।
कांग्रेसले कोरोना भाइरसबारे सचेतना फैलाउन टेलिभिजनमार्फत सन्देश प्रशारण गर्ने जनाएको छ ।
सोमवारदेखि एक दर्जन टेलिभिजनमार्फत ५५ सेकेन्डको सचेतनामूलक भिडियो सन्देश प्रशारण गर्न लागिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
प्रवक्ता शर्माका अनुसार पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले तयार पारेको भिडियो १ हप्तासम्म टेलिभिजनमार्फत प्रशारण हुनेछ । सूचना सञ्चार तथा प्रचार विभागले यसअघि यूट्युबमार्फत ४ मिनेट र १ मिनेटको कोरोना भाइरस विरुद्धको सचेतना जगाउने भिडियो सार्वजनिक गरिसकेको छ ।
नेपालमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेकाले अब सबै मिलेर भाइरसविरुद्ध लाग्नुपर्नेमा कांग्रेस रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।