काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणको आशंकामा ३ जना बालक काठमाडौंको कान्ति बाल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन् ।
अस्पतालका अनुसार सोमवार २ जना र आईतवार १ जना बालक आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
अस्पतालमा भर्ना गरिएका बालकहरू चीन, भारत र कतारबाट आएका अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए । ‘बालकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाले भर्ना गरेर राखिएको छ,’ उनले भने ।
बालकमध्ये १ जनाको रिपोर्ट सोमवार र २ जनाको रिपोर्ट मंगलवार आउने जनाइएको छ । यसअघि समेत कोरोनाको आशंकामा अस्पतालमा ३ भर्ना भएका थिए । सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको अस्पतालले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।