आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना देखिएकी युवतीसँगै सयभन्दा बढी यात्रु आएका थिए काठमाडौं, खुल्यो रहस्य !

कोरोना देखिएकी युवतीसँगै सयभन्दा बढी यात्रु आएका थिए काठमाडौं, खुल्यो रहस्य !

  • सोमवार, चैत्र १० २०७६

  • 10.1K
    SHARES

  • काठमाडौं – राजधानी काठमाडौंमा कोरोना भाइरसको संक्रमण भेटिएकी १९ वर्षीया युवतीसँगै कतार एयरवेजको विमानबाट सय जनाभन्दा बढी यात्रु काठमाडौं आएको पत्ता लागेको छ । ती नेपाली युवती कतार एयरवेजको विमानबाट काठमाडौं आएको खुलासा भएसँगै सयभन्दा बढी यात्रु त्यो विमानमा रहेका पाइएको छ । नेपाल पर्यटन बोर्डले चैत ४ गते कतार एयरवेजबाट ती युवती नेपाल आएको पुष्टि गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार ती युवती काठमाडौं आएको दिन कतारबाट काठमाडौंका लागि ३ वटा उडान आएका थिए । ती जहाजमध्ये संक्रमित युवती कुन जहाजमा थिइन् भन्ने खुलेको छैन । चैत ४ गते कतार एयरवेका ३ जहाजमध्ये पहिलो जहाज क्यूआरर ६५२ जहाजमा २०५ यात्रु थिए, क्यूआर ६५० जहाजमा १०६ जना यात्रु थिए भने क्यूआर ६४४ जहाजमा १५३ यात्रु रहेका थिए । ती युवती यीमध्ये जुनसुकै विमानमा आएकी भएपनि सबै विमानमा सयभन्दा बढी यात्रु रहेका छन् । पर्यटन बोर्डले सार्वजनिक आह्वान गर्दै कतार एयरबाट काठमाडौं आएका सबै यात्रुलाई कडा क्वारेन्टाइनमा बस्न आह्वान गरेको छ । पर्यटन बोर्डले भनेको छ, ‘ चैत ४ गते (मार्च १७) कतार एरवेइजबाट नेपाल आएका एक जनामा कोरोना भेट्टिएको छ । त्यस फ्लाइटमा भएका सम्पूर्ण यात्रुहरू कडा आफैंलाई क्वारन्टाइन गर्नुहोस् र यदि तपाईंलाई रुघाखोकी वा ज्वरो आएमा जतिसक्दो चाँडो टेकू अस्पतालमा रिपोर्ट गर्नुहोस् ।’ चैत्र ४ गते फ्रान्सबाट कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमार्फत पुष्टि गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १० २०७६१२:२८:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend