आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारी कर्मचारीका लागि आज अर्कै निर्णय हुँदै, यस्तो छ तयारी

सरकारी कर्मचारीका लागि आज अर्कै निर्णय हुँदै, यस्तो छ तयारी

  • सोमवार, चैत्र १० २०७६

  • 6.4K
    SHARES

  • काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले सरकारी कर्मचारीका लागि आज छुट्टै निर्णय गर्ने भएको छ । समितिको आज साँझ बस्ने बैठकले भोलि मंगलबारदेखि अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने भएको स्रोतले जनाएको छ । समितिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अत्यावश्यक सेवाका कर्मचारीलाई नियमित काममा बोलाउने र अन्य कर्मचारीको बिदा गर्ने तयारी गरेको स्रोतले जनाएको छ । समन्वय समिति अन्तर्गत गठन गरिएका ६ वटा कार्यदलका संयोजकको बैठकले सरकारी कार्यालयमा बिदा दिने निर्णय गर्न सिफारिस गरेका छन् । कर्मचारी बिदामा भएपनि आवश्यक पर्दा हाईअलर्ट अवस्थामा राखिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेपनि कार्यालय खुलै राखेका थिए । समितिले निर्णय गरेपछि कार्यालय पनि बन्द हुनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १० २०७६१२:०८:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend