काठमाडौं - कोरोना भाइरस संक्रमणको महामारी विश्वभर भयंकर तरिकाले फैलिइरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार भाइरसका कारण एकैदिन १ हजार ६०३ व्यक्तिको मृत्यु भएको छ भने ३१ हजार ८०२ नयाँ संक्रमित एकैदिन भेटिएका छन् । रेकर्ड अनुसार हालसम्म कोरोनाका कारण १४ हजार ६१६ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म कोरोना भाइरसका ३ लाख ३६ हजार ८३८ जना संक्रमित भेटिएकोमा ९७ हजार ६३६ जना उपचारपछि ‘रिकभर’ भएर घर फर्किसकेका छन् । हाल विश्वभर कोरोनाका २ लाख २४ हजार ५८६ संक्रमित रहेका छन् । जसमध्ये १० हजार ६४० जनाको अवस्था गम्भीर रहेको छ ।
पहिलो पटक कोरोना देखिएको चीनमा संक्रमितको संख्या घट्दै गएपनि इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स लगायत देशका कोरोनाले भयावह रुप लिएको छ । अमेरिकामा एकैदिन ९ हजार ३३९ नयाँ संक्रमित भेटिएका छन् भने ११७ जनाको मृत्यु भएको छ । इटालीमा पछिल्लो एकैदिन ६५१ जनाको मृत्यु भएको छ भने ५ हजार ५६० नयाँ संक्रमित फेला परेका छन् ।
इटाली र अमेरिकामा हालसम्म क्रमशः ५ हजार ४७६ र ४१९ जनाको मृत्यु भइसकेको छ । हालसम्म स्पेनमा १ हजार ७५६ जना र इरानमा १ हजार ६८५ जनाको मृत्यु भइसकेको छ ।
कोरोना फैलिने क्रम र त्रास विश्वभर बढ्दै गएको छ । कोरोनाबाट बच्न विश्वका अधिकांश शहरमा आवतजावत बन्द गरिएको छ । सामाजिक र आर्थिक गतिविधि रोकिएका छन् । विश्व ठप्प हुँदै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।