काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भोलि सोमवार बिहान १० बजेदेखि लागू हुने गरी १ हप्तासम्म भारत र चीनसँगका सबै सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गरेको हो ।
कोरोनाको महामारीका रोकथामका लागि चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मो्मिटर, भेन्टिलेटर, मनिटर लगायत सामग्री किन्न सरकारले ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय समेत गरेको छ ।
कोषमा सबै मन्त्रीले १–१ महिनाको तलब योगदान गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।