आइतवार, चैत्र ९ २०७६
काठमाडौं – पर्साको वीरगञ्जमा एक जना व्यापारीमा कोरोना भाइरसको संक्रमण भेटिएको भन्ने समाचार सत्य नभएको अस्पतालले जानकारी दिएको छ ।
वीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरस संक्रमण भेटिएकोबारे अस्पतालले भने सत्य नभएको पुष्टि गरेको छ ।
कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि ती व्यापारीलाई भारतको पटना मेडिकल कलेज अस्पतालमा लगिएको थियो ।
ती व्यापारीलाई ६ दिनअघि वीरगञ्जको गण्डक अस्पतालले थप जाँच र उपचारका लागि पटना रेफर गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले संक्रमण भेटिएको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको बताएका थिए । तर अस्पतालले भने यो सत्य नभएको भन्दै जानकारी दिएको हो ।
https://mediadabali.com/paper/117215/मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।