आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राष्ट्रपति विद्या भण्डारीलाई भेटेर ओलीले सुरू गरे मन्त्रिपरिषद् बैठक, के होला निर्णय ?

राष्ट्रपति विद्या भण्डारीलाई भेटेर ओलीले सुरू गरे मन्त्रिपरिषद् बैठक, के होला निर्णय ?

  • आइतवार, चैत्र ९ २०७६

  • 3.6K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मन्त्रिपरिषद् बैठक सुरू गरेका छन् । ओली बैठक बोलाएर राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाम सम्बन्धी निर्णय लिने अपेक्षा गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले काम गरिरहेको भएपनि ओलीले आज मन्त्रिपरिषद् बैठक नै बोलाएका छन् । आईतबार साँझ बालुवाटारमा सुरू भएको बैठक जारी छ । देशको राजनीति र सरकारका हरेक निर्णय अहिले कोरोना नियन्त्रण केन्द्रित रहेका छन् । मिर्गाैला प्रत्यारोपणपछि बालुवाटारमा आराम गरिरहेका ओलीले मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र ९ २०७६०१:०५:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend