काठमाडौं– प्रेसिडेन्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले आफ्नो होटेललाई क्वारेन्टाइन बनाउन दिने घोषणा गरेका छन्। होटेल व्यवसायी महासंघका सचिव समेत रहेका उनले होटललाई क्वारेन्टाइन बनाउन सरकारलाई दिने घोषणा गरेका हुन्।
भण्डारीले काठमाडौंमा रहेका प्रेसिडेन्ट होटेलका एक सय वटा कोठाहरू क्वारेन्टाइनका लागि सरकारलाई निःशुल्क उपलब्ध गराउने बताएका हुन् । प्रेसिडेन्ट ग्रुपले काठमाडौं, चितवन, रुपन्देहीमा होटेल तथा रेष्टुरेन्टहरू सञ्चालन गर्दै आएको छ ।
सरकारलाई क्वारेन्टाइनका लागि कुनै पनि बेला होटेल आवश्यक पर्यो भने ९८५१११५३० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
प्रेसिडेन्ट ग्रुपले आफ्नो कमाइको केही अंश सामाजिक कार्यहरूमा लगाउँदै आएको छ । प्रेसिडेन्ट ग्रुपले गुल्मी जिल्लाको चन्द्रकोट ७ मा रहेको श्री शारदा उच्च माविमा करीब १५ जना गरीब तथा जेहेन्दार विद्यार्थीको अभिभाकत्व लिएको छ ।
प्रेसिडेन्ट ग्रुपले केही समय अगाडि धुर्मुस सुन्तली फाउण्डेसनलाई रंगशाला बनाउनका लागि पनि ७५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।