आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट जिसस सभापतिको पावर, छोराको बाइकले मान्छे मार्दा प्रहरी–प्रशासन हातमा लिएर सामसुम पार्ने प्रयास!

कम्युनिस्ट जिसस सभापतिको पावर, छोराको बाइकले मान्छे मार्दा प्रहरी–प्रशासन हातमा लिएर सामसुम पार्ने प्रयास!

  • आइतवार, चैत्र ९ २०७६

  • 7.5K
    SHARES

  • भोजपुर– जिल्ला समन्वय समिति भोजपुरका सभापति लक्ष्मण खड्काका छोराले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यू भएको छ ।

    मोटरसाइकलले ठक्कर दिए पछि शरण सापाकोटाको मत्यू भएको हो। मोटरसाइकल चालक सभापति खड्काका छोरा रक्वीट खड्का हुन्। उनी अन्दाजी १४ बर्षका हुन्। विनालाइसन्स जथाभावी मोटरसाइकल कुदाउँदा दुर्घटना निम्त्यिएको हो। तर, सभापति खड्काको छोरा भएकी आधारमा अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। स्थानीयले मान्छेको ज्यान जाँदासम्म दोषीलाई पक्राउ नगरेको भन्दै असन्तुष्टी जनाइरहेका छन्।

    शनिवार बोखिम बाट भोजपुर आदै गरेको को २८ प ६३०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा खोटाङ घर भइ भोजपुर नगरपालिका–६ ओढारेमा वसोवास गर्दै आएका ६२ बर्षीय सापकोटाको ज्यान गएको थियो।

    सापकोटा घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएको र जिल्ला अस्पताल भोजपुरले विपी कोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिदिएको थियो । रेफर भए पछि उनलाई धरान उपचारका लागि लादै गर्दा विच बाटोमै मृत्यू भएको थियो।

    प्रहरीले पावरकै भरमा घटनालाई सामान्यकरण गरिदिएको छ। मोटरसाइकल चालक खड्कालाई नियन्त्रणमा लिएको थियो। तर, घटना सामान्य भएको भन्दै आफन्तलाई जिम्मा लगाइएको छ। प्रहरीले नावलक भएको कारण देखाउदै आफन्तलाई भोली प्रहरीमा ल्याउने सर्तमा छाडेको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र ९ २०७६०३:०६:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend