काठमाडौं – नेपाली सेनाको हेडक्वार्टर भद्रकालीभित्र दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सोलार प्यानल मर्मत गर्ने क्रममा क्रेनबाट खसेर कामदारको मृत्यु भएको हो ।
मृत्यु हुने कामदारमा सोलुखुम्बु घर भएका ५३ वर्षीय भूपकुमार श्रेष्ठ छन् । उनी हेडक्वार्टरमा रहेको सोलार प्यानल मर्मतका लागि क्रेनमाथि रहेको बेला खसेका हुन् ।
क्रेनबाट खसेर घाइते भएका उनलाई ब्लुक्रस अस्पतालमा लगिएपनि अस्पतालले मृत घोषित गरेको थियो । सोलार जडान गरेको ठेकेदार कम्पनीले नै श्रेष्ठलाई मर्मतका लागि हेडक्वार्टर पठाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।