काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणको त्रासले सर्वसाधारण काठमाडौंबाट बाहिरिँदा सवारीसाधनमा चाप बढेकै अवस्थामा नेपाली कांग्रेसका नेता डम्बर खड्काले निःशुल्क यातायात सुविधा दिएका छन् ।
नेपाली कांग्रेस इलामका युवा नेता, समाजसेवी, चियावारी एफएमका प्रबन्धक डम्बर खड्काले काठमाडौंबाट इलामसम्म जाने यात्रुका लागि निःशुल्क सवारीसाधनको व्यवस्था मिलाएका छन् ।
महामारीको त्रास रहेका बेला गरीब, असहाय र विद्यार्थीलाई काठमाडौंदेखि इलामसम्म जान सहज होस् भनेर आउँदो सोमबारसम्मका निःशुल्क सवारीसाधन इलामेली हायस माइक्रो बसको व्यवस्था गरिएको छ ।
निःशुल्क बसको सुविधा लिन कोटेश्वरस्थित इलामेली एसी हायसको काउन्टरमा सम्पर्क राख्न खड्काले अपिल गरेका छन् । खड्काको प्रशंसनीय कामको जताततै हाइहाई भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।