आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज अर्काे ठूलो निर्णय गर्ने तयारीमा सरकार, आवतजावत पनि बन्द !

आज अर्काे ठूलो निर्णय गर्ने तयारीमा सरकार, आवतजावत पनि बन्द !

  • शनिवार, चैत्र ८ २०७६

  • 7.5K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सरकारले आज शनिवार अर्र्काे ठूलो निर्णय गर्ने भएको छ । सरकारले छिमेकी देशसँगका सबै नाकाहरूमा आवतजावत बन्द गर्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शनिवार साँझ ५ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको छ । शुक्रवारको समितिको बैठकमा मानिसको आवतजावतले संक्रमणको डर हुने भन्दै सबै नाकाहरूमा रोक लगाउने विषयमा छलफल भएको र शनिबार निर्णय लिइने जनाइएको छ । शुक्रबारको बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नाकाहरू सबै बन्द गर्ने निर्णय हुन लागेको बताए । शनिबारको बैठकले नाकाहरू कहिलेदेखि र कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय लिने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सेवा चैत ९ देखि २१ गतेसम्म बन्द, चैत १० देखि लामो दूरीका यातायात बन्द गर्ने लगायत घोषणा गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र ८ २०७६०१:१२:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend