काठमाडौँ- ‘फुलन्देकी आमा’ अर्थात उमेश राई हाँस्य कलाकारितामा चर्चित नाम हो । भोजपुर जिल्ला हतुवागढी गाउँपालिकाको पेक्ला गाउँमा जन्मिएका राई दर्शक स्रोतहरूका माझ निकै लोकप्रिय छन् ।
उनका अभिनय महिला क्यारेक्टरमा धेरै देख्न पाइन्छ । उमेश राईका प्रस्तुति हेरेका दर्शक स्रोताले उनलाई प्रत्यक्ष देख्ने हो भने चिन्दैनन् ।
कहिले काहीँ आफ्नो अभिनय हेरेर आफै हाँस्ने गरेका राईलाई महिलाको भेषमा हाँस्य कलाकारिता देखाउँदा आलोचना भएको बताउने उनि ती आलोचनाबाट उनी बिचलित हुन पनि खोजेका थिए ।
उनै राईले अभिनय गरेको आधुनिक गीत ‘फुलन्देकी आमा’ सार्बजनिक भएको छ । गायिका सुनिता थेगमको आबाजमा रहेको गीतमा रोसन बेलुवाको संगीत रहेको छ ।
गुरु बोटियाको शब्द रहेको गीतको संगीत संयोजन नरेन्द्र वियोगीले गरेका हुन् । गीतको भिडियोमा उमेश राईको दमदार अभिनय देख्न सकिन्छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईकोको छायांकनमा तयार गरिएको भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका छन् । शुबोल थापाको कोरियोग्राफर रहेको भिडियोको सम्पादन अमृत चापागाई गरेका हुन् ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको भिडियोलाइ ‘फुलन्देकी आमा’ नामक युतुब च्यानल बाट सार्बजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=Wl7glOl9ZMI
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।