काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरपछि देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साँझ ६ बजेपछि गर्ने सम्बोधनमा कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि ‘लक डाउन’ को घोषणा हुन सक्ने भन्दै केही सञ्चारमाध्यमहरु समाचार सम्प्रेषण भएको भएपनि त्यसमा सत्यता नभएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
‘प्रधानमन्त्रीले सम्बोधन गर्दा लक डाउन वा अन्य केही ठूलो घोषणा गर्ने कार्यक्रम छैन’ स्रोतले भन्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भनिएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार अपराह्न ६ बजे देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेको बताइएको हो ।
प्रधामन्त्री ओलीले गर्ने सम्बोधन आज भने कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
कोरोनाभाइरसको संक्रमणको जोखिम तथा न्यूनीकरण गर्न भन्दै सरकारले विभिन्न कदम चालेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
सबै हवाई सेवा स्थगित, सिमानाका पूर्णरुपमा बन्द र अवस्था यस्तै रहे चैत्र १० देखि लामो दूरीका सवारी साधनसमेत बन्द गर्ने घोषणा आज हुँदैछ भन्ने स्रोतले जानकारी दियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।