काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार अपराह्न ६ बजे देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेको बताइएको छ ।
कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
कोरोनाभाइरसको संक्रमणको जोखिम तथा न्यूनीकरण गर्न भन्दै सरकारले विभिन्न कदम चालेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।