काठमाडौं -प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता, तथा सांसद गगन थापाले निश्चित सीमा तोकेर नेपाल भारतका नाम पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।
कोरोनाभाइरसको संक्रमण हुनबाट जोगिन भारतसँगको नाका पूर्ण रूपमा बन्द गर्नुपर्ने उनको सुझाव छ । नेता थापाले खुला नाकाबाट प्रवेश गर्ने सबैको पूर्ण विवरण राख्न पनि माग गरेका छन् ।
शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू , नेपाल भारत सिमानामा आवतजावतका लागि निश्चित सिमा तोकेर बाँकी नाकालाई पुर्ण रुपमा बन्द गरौं।खुला नाकाबाट प्रवेश गर्ने प्रत्येकको विवरण संकलन गरौं।परीक्षण गर्न पर्याप्त जनशक्ति र उपकरणको व्यबस्था तथा शंकास्पदलाई अलग राखेर थप परिक्षण गर्ने व्यवस्था गरियोस्।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।