आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मेराविरुद्ध श्रृङ्खलावद्ध आएका समाचारमा सत्यता छैनः यज्ञराज सुनुवार

मेराविरुद्ध श्रृङ्खलावद्ध आएका समाचारमा सत्यता छैनः यज्ञराज सुनुवार

  • शुक्रवार, चैत्र ७ २०७६

  • 6.3K
    SHARES

  • काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले आफूविरुद्ध मिडिया डबली डटकममा श्रृङ्खलाबद्ध रुपमा समाचार आएको भन्दै ती समाचारहरूको खण्डन गरेका छन् । सांसद सुनुवारले प्रेस काउन्सिल नेपालमार्फत आफूविरुद्ध आएका समाचारहरूको खण्डन गरेका हुन् । सांसद सुनुवारले ‘कम्युनिस्ट सांसदलाई आफ्नै जिल्लामा झड्का, पुल उद्घाटन गर्न नदिइ स्थानीले लखेटे’ तथा ‘बालुवा तस्करीमा नेकपाका सांसद सुनुवारकै संलग्नता रहेको खुलासा’ (प्रमाणसहित) भन्ने शीर्षकको समाचारहरूको खण्डन गरेका हुन् । उनले ती समाचारहरूमा कुनै सत्यता नरहेको र भ्रामक तथा व्यक्तिगत चरित्र हत्या हुने खालका रहेको भन्दै आपत्ति जनाएका छन् । विभिन्न शीर्षकहरूमा समाचार प्रकाशन गरेको, नियोजित, निरन्तर रुपमा उत्तेजक शीर्षक राखी पुनः श्रृङखलाबद्धरुपमा विगतका अंकहरूमा समेत तथ्यहीन, भ्रामक, झुठो र अनर्गल समाचार प्रकाशन गरेको उनले बताएका छन् । ती समाचारहरूले जननिर्वाचित सांसद समेत रहेको व्यक्तिको चरित्र हत्या र मानहानी भएको उनले उल्लेख गरेका छन् । ‘ओखलढुंगा र रामेछापे जोड्ने सिरिसे पुल सडक डिभिजन खाल्टेका डी.ई. किरण कार्कीसहितको प्राविधिक टोली, प्रदेश सांसद मोहनकुमार खड्का, पूर्वसांसद बालकृष्ण ढुंगेल तथा रामेछाप र ओखलढुंगाका जनप्रतिनिधिसहितका स्थानीयवासी सयौँको उपस्थितमा म समेतले अनुगमन गरी तत्काल यातायात सञ्चालन गर्न सकिने प्राविधिक मूल्यांकन पश्चात एक कार्यक्रम गरी यातायात शुभारम्भ गरिएको छ’, सांसद सुनुवारले खण्डनमा भनेका छन् । मिडिया डबली डटकमबाट सो समाचारलाई तोडमोड गरी श्रृङखलाबद्ध रुपमा जननिर्वाचित व्यक्तिउपर लाञ्छनालगाइएको उनको भनाइ छ । ‘चैत ३० गते मेरो चरित्र हत्या गर्ने उदेश्यसहित घटनामा कहिँ कतै नजोडिएको एउटा जिम्मेवार जननिर्वाचित व्यक्तित्वलाई घृणा द्वेष फैलाउने बदनीयत राखी विष वमन गरी बालुवा तस्करीमा नेकपाका सांसद सुनुवारकै संलग्नता रहेको खुलासा प्रमाणसहित जस्ता हेर्दै वितृष्णा जाग्ने उत्तेजक टाइलहरू राखी सनसनीपूर्ण बनाइ मर्यादा विपरितका भ्रामक र आधारहीन तथा कुनियत राखी श्रृङखलावद्ध रुपमा गैरजिम्मेवार तिरकाले प्रचारबाजी भएको छ’, सांसद सुनुवारले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ७ २०७६०६:१०:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend