आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड आज

निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड आज

  • शुक्रवार, चैत्र ७ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं–सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ ।

    निर्भया बलात्कार काण्डका दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको हो । दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको बताईएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो । दोषीहरुले मृत्युदण्ड पाइसकेपछि निर्भयाका बुवाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समयसम्म पर्खन नपरोस् ।’

    सात वर्षसम्म चलेको लामो कानुनी लडाइपछि दोषीहरुलाई सजाय दिइएको हो । यसअघि पटक पटक मृत्युदण्डको मिति सारिँदै आएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ७ २०७६०३:३६:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend