आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इरान र इटली चीनको प्रभावमा परेपछि ...

इरान र इटली चीनको प्रभावमा परेपछि ...

  • बिहिवार, चैत्र ६ २०७६

  • 4.2K
    SHARES

  • काठमाडौं – गत वर्षको डिसेम्बर महिनादेखि चीनको वुहानबाट सुरू भएको भनिएको कोभिड–१९ वा कोरोना भाइरसको संक्रमणले विश्वव्यापी त्रास र अन्योल सिर्जना गराइसकेको छ । हालसम्म विश्वको १७६ देशमा यो रोग फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । विश्वभर झण्डै २ लाख २१ हजार २६८ मानिस नयाँ रोगबाट संक्रमित भइसकेका छन् । तीमध्ये आधाजसोलाई निको भइसकेका विवरण आएका छन् । तर मार्च १९ सम्म ८ हजार ९९७ जनाको मृत्यु भइरहेको छ । कोरोनाभाइरस रोगलाई देखाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले व्यंग्य गर्दै चीनलाई बीआरआईको नाम फेर्न विश्वभरबाट सुझाव आइरहेको छ । चीनले बीआरआईसँगै विश्वभर कोरोना भाइरस पनि छिराएको भन्दै विरोध सुरू भएको छ । विरोध स्वरुप विश्वभरका ट्यूटर प्रयोगकर्ताहरूले चीनलाई बीआरआइको नाम फेरि ‘वन बेल्ट वन रोड वन भाइरस’ राख्न सुझाव दिरहेका छन् । सामाजिक सञ्जालमा वन बेल्ट वन रोड वन भाइरस प्रचलित भएको छ । खासगरी चिनियाँ परियोजना भित्रिएको युरोपली मुलुक इटालीमा कोरोनाबाट गम्भीर रुपमा क्षति पुर्‍याएकाले बीआरआईसँगै वन बेल्ट वन रोड वन भाइरस जोडिएको हो । चीनले कोरोना महामारीको समाप्तिको घोषणा गरेपनि उसको घोषणामाथि भरोसा गर्न सकिने आधारहरू छैनन् । यस्तो अवस्थामा चीनले बिआरआई परियोजना जारी राखे कामदारमार्फत विश्व कोरोनाको चपेटामा पर्दै जाने निश्चित छ । अहिले कोरोनाबाट सबैभन्दा बढी चीनमा नै मृत्यु भएको पुष्टि भएका छन् । मानिसहरूलाई आश्चर्य मान्नुपर्ने कुरा के छ कि इटाली र इरान यस प्रकोपमा दोस्रो र तेस्रो नम्बरमा परिसकेको अवस्था छ, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भनेका छन् कि इरान र इटाली दुवै मुलुक भौगोलिक रूपमा यस प्रकोपको केन्द्रबाट टाढा रहेपनि बेइजिङसँगको नजिकको सम्बन्धका कारण उनीहरू पीडित भएको जनाएको छ । (एजेन्सीको सहयोगमा)

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ६ २०७६०३:४०:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend