आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनासँग लड्न नरेन्द्र मोदीले भारतभर लगाए ‘जनता कर्फ्यू’

कोरोनासँग लड्न नरेन्द्र मोदीले भारतभर लगाए ‘जनता कर्फ्यू’

  • बिहिवार, चैत्र ६ २०७६

  • 4.9K
    SHARES

  • काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणबाट बच्न भारतभर जनता कर्फ्यू लगाएका छन् । बिहीबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोनाबाट जनता स्वयंले जनता कर्फ्यू मान्नुपर्ने बताएका छन् । ‘महामारीविरुद्ध लड्न घरबाहिर ननिस्कन आग्रह गर्छु । देशबासीसँग आग्रह गर्छु कि जनता कर्फ्यूमा सहयोग गर्नुहोला । जनताका लागि जनताद्वारा जनतामाथि लगाइएको कर्फयू, जनता कर्फ्यू,’ मोदीले भने, ‘आईतबारदेखि २२ मार्चदेखि बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यूको पालना गर्नुपर्छ । कोही पनि नागरिक घरबाट बाहिर ननिस्कन, न सडकमा न महलमा । आफ्नै घरमा रहनुहोला ।’ कोरोनाको महामारीका बेला ज्यानको मतलब नगरी जनताको सेवामा खटिएका स्वास्थ्यकर्मी र सरकारी कर्मचारीलाई प्रोत्साहन गर्न आईतबार साँझ ५ बजे ५ मिनेटसम्म ढोका, झुयालमा उभिएर ताली, थाली, घण्टी बजाएर धन्यवाद ज्ञापन गर्न समेत मोदीले आग्रह गरेका छन् । सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, मिडियाकर्मी लगायत बाहेक सबैले जनता कर्फ्यूको पालना गर्नुपर्ने मोदीको आह्वान छ । उनले ६०–६५ वर्षका ज्येष्ठ नागरिकलाई विशेष ख्याल गर्न समेत आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ६ २०७६०३:००:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend