काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणबारे देशबासीका नाममा सम्बोधन गर्दै गम्भीर चेतावनी दिएका छन् ।
विगत २ महिनामा हरेक देशबासीले सामना गरेको कोरोना भाइरसको संक्रमणका लागि धन्यवाद दिँदै मोदीले कोरोनाबाट निश्चिन्त हुनु राम्रो नभएको बताएका छन् ।
‘केही दिनदेखि एक यस्तो माहोल बनेको छ, यस्तो लागेको छ कि हामी संकटबाट बचेका छौं, यस्तो लाग्छ सब ठीक छ,’ मोदीले भनेका छन्, ‘तर महामारीबाट निश्चिन्त हुने सोच सही छैन । प्रत्येक भारतबासीले सगज, सतर्क रहनु आवश्यक छ । निश्चिन्त हुनु खतरनाक छ ।’
उनले विश्व संकटबाट दौडिरहेको बताउँदै भारतले सावधानी अपनाउनुपर्ने बताएका छन् । सम्बोधनका क्रममा मोदीले भारतका १३० करोड देशबासीसँग केही माग्न आफू सम्बोधनमा आएको बताएका छन् ।
‘मलाई तपाईंका केही हप्ता चाहियो, आउनेवाला केही समय चाहियो,’ उनले भनेका छन्, ‘सबै कुरा छाडेर कोरोनाको सावधानीमा ध्यान दिनुपर्ला । कोरोनाको संकट सामान्य कुरा होइन ।’
विश्वका शक्तिशाली देशमा कोरोनाको प्रभाव भयानक देखिएकाले भारतमा प्रभाव पर्दैन भनेर मान्नु गलत हुने उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।