काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना भाइरसका बारेमा सचेतना जगाउन साँझ ७ बजे फेसबुक लाइभ गर्ने भएका छन्।
विश्वव्यापीरुपमा फैलिएको भाइरसको रोकथामका बारेमा थापाले जानकारी दिन लागेका हुन्।
पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले कोरोनाको जोखिम, बच्ने उपायसँगै सरकारलाई सुझाव समेत दिने बताइएको छ। उनले फेसबुक लाइभ मार्फत आफ्नो ज्ञान साट्न लागेका हुन्।
नेपाल सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ।
सरकारले जोखिम बढ्न नदिन पूर्वसावधानी तीव्र बनाउँदै चैत ७ गतेदेखि युरोपसहितका विभिन्न देशबाट नेपाल आउन रोक लगाउने निर्णयसमेत गरेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले पूर्वसावधानी अपनाउन दर्जनभन्दा बढी निर्णय लिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबारबाट सुरु हुन लागेको एसइई परीक्षा पनि स्थगित गर्न निर्देशन दिएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।