आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी हुन साढे दुई करोड बुझाएर सांसद बनेका भिभिआइपि नेता

यी हुन साढे दुई करोड बुझाएर सांसद बनेका भिभिआइपि नेता

  • बिहिवार, चैत्र ६ २०७६

  • 7.3K
    SHARES

  • काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका सांसद शेखरकुमार सिंहले साढे दुई करोड बुझाएर सांसद बनेको खुलासा भएको छ । राजपाका सिंहले साढे दुई करोड बुझाएर सांसद बनेको अडियो सार्वजनिक भएको छ । सिंहले माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सांसद हुन साढे दुई करोड रुपियाँ घुस बुझाएका हुन् । विवादित सिंह प्रदेश २ बाट राजपाको उम्मेदवार बनेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँगको गठबन्धनपछि सिंह निर्वाचित बनेका थिए । सुरजीत सिंह र ज्योति झावीच देनदेनकोे संवाद भएका छन् । अडियोमा सांसद सिंहले राजपाका नेताहरूलाई साढे दुई करोड बुझाएको उल्लेख छ । सांसद शेखरकुमार सिंह र सुरजीत सिंहको पारिवारिक सम्बन्ध राम्रो छैन । उनीहरूको पारिवारिक सम्बन्ध रहेपनि बोलचाल राम्रो छैन । उनीहरू दुईबीच कुराकानी भइरहँदा पूर्वरक्षा सचिव तिलकराम शर्मापनि मिसिएका छन् । उनीहरूको सम्पादका आधारमा पूर्वरक्षा सचिव शर्माले सांसद सिंहलाई सांसद पदको उम्मेदवार बन्न साढे दुई करोड रुपियाँको व्यवस्था गरेको उल्लेख छ । पूर्वरक्षा सचिव शर्माले सो कुरा स्वयम् स्वीकार गरेका छन् । ज्योति झा भने पूर्व सचिव तिलकराम शर्माको रकम उठाइदिनका निम्ति पहल गरेका छन् । सांसद बनेपछि सिंह भाग्दै हिँडेका छन् । सो रकम तिर्न सांसद सिंहले अटेर गरेका छन् । मधेस केन्द्रित दलको नेतृत्वलाई योग्य नेता तथा कार्यकर्तालाई पाखा लगाएर पैसावालाहरूलाई टिकट बेच्ने गरेको आरोप लाग्दै आएको छ । यो अडियोले राजपाका शीर्ष नेताहरूमाथि गम्भीर प्रश्न उब्जाइदिएको छ । अडियो प्रकरणमा शरतसिंह भण्डारी, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झालाई सम्बोधन गरेर कुराकानी गरिएको छ । स्रोतका अनुसार पूर्वसचिव शर्मा राजपा नेता शरतसिंह भण्डारी निकटका हुन् । शेखरकुमार सिंहले ५५०२ मत ल्याएर प्रदेश २ बाट राष्ट्रिय सभामा सांसद बनेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ६ २०७६०७:३७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend