आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीका खास मान्छेलाई साइजमा ल्याएका राजुको चौतर्फी प्रशंसा, भागे थापा !

ओलीका खास मान्छेलाई साइजमा ल्याएका राजुको चौतर्फी प्रशंसा, भागे थापा !

  • बिहिवार, चैत्र ६ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं - झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई आच्छुआच्छु बनाएका टेलिभिजन प्रस्तोता राजु थापाले रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाको निर्मम प्रश्नहरू गरेर सातो लिएका छन् । प्रस्तोता राजु थापाको प्रश्नको जवाफ दिन नसकेपछि अध्यक्ष कमल थापा कार्यक्रम नै छाडेर हिँडेका छन् । आलोचकहरू राप्रपाका अध्यक्ष थापालाई प्रश्नको उत्तर दिन नसकेर स्टुडियोबाट ‘भागे’को भनेर टिप्पणी गरेका छन् । न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘टू द प्वाइन्ट’मा प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापालाई हिन्दूराष्ट्र र राजाका विषयमा कडा प्रश्नहरू सोधेका छन् । ती प्रश्नहरूको जवाफ दिन आनाकानी गरिरहेका कमल थापाले अन्तर्वार्ता शुरु भएको केही क्षणमा प्रस्तोता राजु थापालाई आफूसँग अन्तर्वार्ता लिने हैसियत नराख्ने भनेर होच्याएका छन् । अन्तिममा अध्यक्ष कमल थापा प्रस्तोता राजु थापाद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिन नसकेर स्टुडियोबाट रिसाएर हिँडेका छन् । प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापासँग गल्ती भएको भए ‘माफी पाउँ’, ‘सुधारेर जान तयार छु’ जस्ता अभिव्यक्ति दिएका छन् । तर, कमल थापाले प्रस्तोता राजु थापालाई पूर्वाग्रही भएर प्रश्न गरेको तथा बोल्न नदिएको भनेर आरोप लगाएका छन् । कार्यक्रममा प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापासँग निर्मम तरिकाले राजसंस्था र हिन्दूराष्ट्रका विषयमा प्रश्नहरू सोधेका छन् । भरखरै पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (संयुक्त)सँग पार्टी एकीकरण गरेका कमल थापाले अन्तर्वार्ताका क्रममा हिन्दूराष्ट्र र राजाका विषयमा गोलमटोल जवाफ दिएका छन् । अन्तर्वार्ताका क्रममा राप्रपाका अध्यक्ष कमल थापाले सप्तरीमा केही दिन अगाडि मुस्लिमहरूले आयोजना गरेको ठूलो धार्मिक सम्मेलनको विरोध गरपछि स्थितिले तनावपूर्ण अवस्था ल्याएको थियो । प्रस्तोता राजु थापाले धार्मिक स्वतन्त्रतामा कमल थापाले दिएको अभिव्यक्तिमा टेकेर प्रश्नहरूको चाँङ लगाइदिएका थिए । ती प्रश्नहरूको जवाफ दिन असहज मानिरहेका कमल थापाले प्रस्तोता राजुलाई पूर्वाग्रही भएर प्रश्न सोधेको भन्दै आक्रोश पोखे । अध्यक्ष कमल थापाले प्रस्तोता राजु थापाको शैलीको आलोचना गरेका छन् । पार्टीभित्र निरंकुशता लादेको भनेर अध्यक्ष कमल थापालाई बेलाबेला आरोप लाग्दै आएको छ । कमल थापाकै व्यवहार र शैलीका कारण राप्रपा पटक पटक फुटेको नेताहरूले बताउने गरेका छन् । पार्टीका बैठकहरूमा अध्यक्ष कमल थापाले आफूले भने जस्तो भएन भने वा कसैले आलोचना ग¥यो भने ‘मुखै छाड्ने’ गरेको चर्चा पनि छ । पार्टीका बैठकहरूमा कुनै पनि केन्द्रीय सदस्य र पदाधिकारीले कमल थापाको आलोचना गर्दैनन् । आलोचना गर्नेहरूलाई कमल थापाले पार्टीबाट निश्कासित गरेका धेरै उदाहरण छन् । नेपाल टेलिभिजनमा उनै प्रस्तोता राजु थापाले तत्कालीन सञ्चार तथा सूचना प्रविधिविमन्त्री गोकुल बास्कोटालाई सम्पत्तिसम्बन्धी प्रश्न सोधेका कारण नेपाल टेलिभिजनको कार्यक्रमबाट छाड्नु परेको थियो । तत्कालीन मन्त्री बास्कोटालाई राजु थापाले पत्नीको दाइजोका विषयमा प्रश्न सोधेर र्याखर्याख बनाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ६ २०७६०६:४२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend