आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट शासनमा जनताको उठिवास, मृतकका नाममा ब्रम्हलुट

कम्युनिस्ट शासनमा जनताको उठिवास, मृतकका नाममा ब्रम्हलुट

  • बिहिवार, चैत्र ६ २०७६

  • 5.1K
    SHARES

  • भोजपुर–भोजपुरको रामप्रसाद राई गाउँपालिकामा वडा अध्यक्ष, वडा सचिव र वडा सदस्य मिलेर वृद्धभत्ता वापत आउने रकम आफन्तलाई नदिएको खुलेको छ । गाउँपालिकाको वडा नम्बर ४ दलगाउँका वडा अध्यक्ष फैदसिंह कार्की, वडा सचिव कमला तामाङ र वडा सदस्य हर्कराज राईले मृतु भएका मान्छेको नाममा मिलेर वृद्धभत्ता वापत आउने १८ हजार मध्ये सबै रकम मृतकको आफन्तलाई नदिएको मृतकका नाती अनिस राईले बताए ।

    मृतक आइतमाया राईको गत फागुन ७ गते, भिम बबहादुर राईको फागुन १३ गते र हिमालधोज राईको गत असोज २३ गते मृत्यु भएपनि उनीहरुको नाममा वृद्धभत्ता आएको थियो ।

    यसै क्रममा यहि चैत्र ४ गते वडा कार्यालयले वृद्धभत्ता बाड्ने क्रममा मृतकको नाममा १८ हजारको भर्पाइमा वडा सदस्य हर्कराज राइले सहि छाप गरी भत्ता बुझेका थिए । तर सदस्य राईले २ जना मृतकका आफन्तलाई १२ हजार र अर्का मृतकका आफन्तलाई १४ हजारमात्र दिएको मृतकका अर्का नाती विज्ञान राईले बताए ।

    मृतक आइतमाया राईको नाती विज्ञान राईले भने हामी उक्त विषयमा बुझन वडा कार्यालय जादा कोहि नभएको र अहिले सम्म कसैले फोन उठाएका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ६ २०७६०३:१४:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend