आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना जन्मिएको चीनसँग केपी ओलीको के छ साइनो ? भयंकर संकट निम्त्याउने लापरवाही !

कोरोना जन्मिएको चीनसँग केपी ओलीको के छ साइनो ? भयंकर संकट निम्त्याउने लापरवाही !

  • बिहिवार, चैत्र ६ २०७६

  • 5.1K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न भनेर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्चस्तरीय समन्वय समितिले विभिन्न देशबाट नेपाल प्रवेश गर्न रोक्ने निर्णय गर्‍यो । कोरोना संक्रमणले महामारीको रुपमा लिएका युरोपियन युनियन क्षेत्र, बेलायत, पश्चिम एशिया, खाडी देशहरु र इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट नेपाली लगायत सबै यात्रुलाई नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय समितिले गर्‍यो । सरकारी निर्णय सरहको यो अप्रिल २० मध्यरातिदेखि लागू हुनेछ । कोरोनाबाट बच्न समितिले एसईई परीक्षा रोक्ने, विश्वविद्यालयका परीक्षा रोक्ने लगायत निर्णय गरेको छ । जसले गर्दा सरकारले सशक्त सावधानी अपनाएको भन्दै प्रशंसा भइरहेको छ । तर कम्युनिस्ट सरकारले कोरोना भाइरस जन्मिकएको भनिएको चीनसँग भने एउटा अचम्मको व्यवहार देखाएको छ । हालसम्म सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएको र धेरैको मृत्यु भएको चीनबाट नेपाल आउने आवागमन भने ओली सरकारले रोकेको छैन । कोरोना भाइरसको भयंकर त्रास हुँदाहुँदै पनि चीनसँग ओली सरकारको के साइनो छ ? चीनबाट भाइरस आउन नसक्ने ग्यारेन्टी के छ ? सरकारले यसबारे स्पष्ट जवाफ नदिएका कारण सर्वसाधारण सशंकित हुन थालेका छन् । चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस देखिएर संसारभर फैलिएको विश्व स्वास्थ्य संगठन लगायत सबैको निष्कर्ष छ । तर ओली सरकारले चीनसँग थप सावधान हुनुपर्नेमा विशेष मोह देखाइरहेको छ । अन्य विभिन्न देशबाट आउन प्रतिबन्ध लगाइएपनि चीनबाट आउन खुलै राखिएकाले संकट निम्तिन सक्ने चिन्ता सर्वसाधारणले गर्न थालेका छन् । सरकारले के आधारमा चीनबाट आउन दिने जोखिम मोल्न सक्यो भन्ने प्रश्न सर्वसाधारणले सोध्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ६ २०७६१२:५९:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend