काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गरेपछि पक्राउ परेका रतन तिरुवा बुधवार धरौटीमा छुटेका छन् ।
तिरुवालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ सय धरौटीमा रिहा गरेको छ । रिहाइपछि पत्रकार जन्मदेव जैशीले तिरुवालाई जिम्मा लिएका छन् ।
गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो ।
भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।