आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अब टीयूको परीक्षा के हुन्छ ? भर्खरै आयो यस्तो जानकारी

अब टीयूको परीक्षा के हुन्छ ? भर्खरै आयो यस्तो जानकारी

  • बुधवार, चैत्र ५ २०७६

  • 3.5K
    SHARES

  • काठमाडौं – सरकारले स्कूल र कलेजको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेपछि त्रिभुवन विश्वविद्यालयको जारी परीक्षा के हुन्छ भनेर विद्यार्थीमा प्रश्न उब्जिएको छ । सरकारद्वारा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पठनपाठन रोक्ने निर्णय गरेको छ । तर त्रिभुवन विश्वविद्यालयका जारी परीक्षा भने नरोकिने जानकारी प्राप्त भएको छ । शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विश्वविद्यालय अन्तर्गत सञ्चालन भइरहेका र हुन लागेका सबै परीक्षाको विषयमा कुनै पनि निर्णय नभएको बताएका छन् । ‘बुधवारको निर्णय अनुसार पठनपाठन मात्र बन्द गर्ने भनिएको छ । परीक्षाको विषयमा परिस्थिति हेरेर थप निर्णय गरिने छ,’ उनले भने । त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष शिवप्रसाद भुसालले समेत परीक्षा स्थगित गर्ने विषयमा सरकारबाट कुनै निर्देशन नआएको बताएका छन् । पढाइबाहेक अन्य गतिविधि यथावत रहने भुसालले बताए । त्रिविले इन्जिनियरिङ र व्यवस्थापन संकाय अन्तर्गत केही विषयको परीक्षा सञ्चालन गरिरहेको छ । स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत ७ गतेदेखि तोकेको छ भने चैत ९ गतेबाटै १ वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भएको छ । एलएलबी दोस्रो वर्षको परीक्षा यही चैत १४ गतेबाट सञ्चालन हुने तालिका छ । चैत २७ गतेबाट अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका सार्वजनिक भइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ५ २०७६१२:०५:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend