आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नाङ्गो नाच तुरुन्तै बन्द नगरे ललितपुर कांग्रेसले कम्युनिस्टलाई तागत देखाइदिने !

नाङ्गो नाच तुरुन्तै बन्द नगरे ललितपुर कांग्रेसले कम्युनिस्टलाई तागत देखाइदिने !

  • बुधवार, चैत्र ५ २०७६

  • 6.3K
    SHARES

  • काठमाडौँ- नेपाली कांग्रेस ललितपुरले प्रहरी प्रशासनबाट बागमती गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधिहरूलाई धम्काउने कार्य भएकोमा भर्त्सना गरेको छ । ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यले बुधबार विज्ञप्ति जारी गरेर कम्युनिस्ट सत्ता र स्थानीय गुण्डाहरूको आड र संरक्षणमा चापागाउँ प्रहरीबाट भएको हर्कतको विरोध गरेका हुन् । विज्ञप्ति निकाल्नुभन्दा अगाडि सभापति अमात्यले कांग्रेस ललितपुरका नेता तथा पीडित पक्षसँग परामर्श समेत गरेका छन् । ‘बागमती गाउँपालिका नम्बर ३ भट्टडाँडामा ०७६ चैत ४ गते स्थानीयहरूको सामान्य विवादमा प्रहरी चौकीमा परेको उजुरीको लागि वडाका जनप्रतिनिधिसहित प्रहरी चौकी भट्टेडाँडामा छलफलको सन्दर्भमा दुईतिहाइ सरकारको दम्भ देखाउँदै कानूनलाई आफ्नो हातमा लिइ प्रहरी वृत्त चापगाउँबाट ठूलो संख्यामा प्रहरी पठाइ प्रशानको आडमा निर्वाचित जनप्रतिनिधिहरूलाई समेत थुन्ने, गोली हान्ने जस्तो अपशब्दहरू प्रयोग गरी धम्काउने कार्यप्रति नेपाली कांग्रेस ललितपुर घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ । ‘राजनीतिक संरक्षको आडमा प्रशासन र स्थानीय गुण्डाको बलले यी र यस्ता सामाजिक सद्भाव खलल हुने विषयवस्तुहरू शीघ्र नरोकिए नेपाली कांग्रेस ललितपुर जस्तोसुकै प्रतिकारको कदम उठाउन बाध्य हुने व्यहोरा सम्बन्धित निकायको ध्यानकर्ष गराउँद छौँ’, सभापति अमात्यले चेतावनी दिएका छन् । वडा नम्बर ३ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष विष्णु तिमिल्सिनासहितका जनप्रतिनिधिहरूलाई चापागाउँ प्रहरीका निरीक्षक राजन लम्सालले नेकपा निकटका ‘टोले गुण्डा’को पक्ष लिँदै गोली ठोक्ने चेतावनी दिएपछि ललितपुर कांग्रेस रिसाएको हो । नेकपा निकटका टोले गुण्डा सन्तोष खड्का नेतृत्वको समूहले सोमबार एक्जाभेटरको चाबी खोसेको थियो । खड्काको समूहले एक्जाभेटरका मालिक समेत रहेका वडाध्यक्षसँग दश लाख माग गरेर चाबी खोसेको थियो । सोही विषयमा भट्टेडाँडाको प्रहरी चौकीमा उजुरी दिन जम्मा भएका वडाध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयलाई प्रहरी निरीक्षक लम्सालले गोली ठोक्ने चेतावनी दिएपछि स्थितिले तनावपूर्ण स्थिति सिर्जना भएको हो । प्रहरी निरीक्षक लम्सालले टोले गुण्डाहरूलाई संरक्षण गरेको भन्दै ३ नम्बर वडाले बुधबार यातायात बन्दको आह्वान समेत गरेको छ । नेपाली कांग्रेस ललितपुरले प्रहरी प्रशासनलाई सत्ताको आडमा टोली गुण्डाहरूलाई संरक्षण नगर्न चेतावनी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ५ २०७६०७:४९:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend