काठमाडौं – संघीय सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्दा कांग्रेसका बागी प्रस्तावकले बढी भोट पाएको सुन्दा पत्यार नलाग्न सक्छ । तर मंगलबार एउटा यस्तै अचम्म लाग्ने चुनावी नतिजा आएको छ ।
२ नम्बर प्रदेशको नामका लागि नेपाली कांग्रेसका १ जना बागी सांसदले प्रदेश सभामा दर्ता गराएको प्रस्तावमा नेकपाको पार्टीगत प्रस्तावभन्दा धेरै मत आएको छ ।
प्रदेशको नाम मध्यमधेश हुनुपर्ने भन्दै प्रदेश सभामा मंगलवार कांग्रेस सांसद राजेश्वरप्रसाद साहले छुट्टै प्रस्ताव दर्ता गरेका थिए । उनको प्रस्तावमा ४२ मत परेको छ । तर नेपाली कांग्रेसको पार्टीगत प्रस्तावमा २८ र नेकपाको प्रस्तावमा ३७ मत मात्रै परेको छ ।
साहको प्रस्तावमा सांसद शंकर चौधरी, ओमप्रकाश शर्मा, आशिया देवी लगायतको समर्थन रहेको थियो । कांग्रेसले राखेको मिथिला–भोजपुरा र नेकपाले राखेको जानकी नाम प्रदेश सभाले अस्वीकृत गरेको छ । मध्यमधेश नाममा पनि दुईतिहाइ बहुमत नआएका कारण अस्वीकृत भएको छ ।
प्रदेशको राजधानी र नाम तोक्न प्रदेश सभाको दुईतिहाइ अर्थात् ७२ मत आवश्यक रहेको छ । प्रदेशमा १०७ सांसद रहेका छन् । सत्तारुढ समाजवादी पार्टी र राजपासँग बहुमत भएपनि दुईतिहाइ भने छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।