आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सांसद प्रभु साहको विज्ञप्ति, उद्योग सञ्चालकको ज्यान मार्ने प्रयासप्रति निन्दा

सांसद प्रभु साहको विज्ञप्ति, उद्योग सञ्चालकको ज्यान मार्ने प्रयासप्रति निन्दा

  • मंगलवार, चैत्र ४ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं सांसद प्रभु साहले इँटा उद्योग सञ्चालकको ज्यान मार्ने गरी भएको घटनाको भत्र्सना गरेका छन् । नेकपा प्रदेश नम्बर २ अध्यक्ष समेत रहेका साहले रौतहटको गरुडा नगरपालिका–६ अमरपट्टीस्थित दाइभाइ इँटा उद्योगका सञ्चालक एवं नेकपाको रौतहट जिल्ला सदस्य रामबाबु चौधरीका भाइ मुकेशकुमार चौधरीमाथि सांघातिक हमलामा संलग्नलाई कारवाहीको माग गरेका छन् । एक विज्ञप्ति जारी गर्दै नेता साहले भनेका छन्, ‘रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ६ अमरपट्टीमा रहेको दाइभाइ इँटा उद्योगमा दर्जनौंको संख्यामा रहेको आपराधिक समूहले बिहान ९ बजे योजनाबद्ध रुपमा रामबाबु चौधरीज्यूको भाइ मुकेशकुमार चौधरीमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।’ नेता साहको विज्ञप्तिमा उल्लेख छ, ‘यसरी हाम्रा पार्टीका नेतालाई ज्यान मार्ने उद्देश्यले गरिएको यस अपराधिक कार्यको घोर भत्सर्ना गर्दछु । घटनाको निष्पक्ष छानबिन गरी अपराधीहरुलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न गृह प्रशासनसँग अनुरोध छ ।’ आईतबार गरुडा नगरपालिका–६ का वडाध्यक्ष अशोक यादवको अगुवाइमा दर्जनौंको संख्यामा गएको समूहले उद्योगमा आक्रमण गरी मुकेशलाई गम्भीर घाइते बनाएका थिए । आक्रमणकारीहरूले इँटाभट्टामा रहेको एक थान जेसीबी, एक थान टिप्पर, दुई थान ट्रयाक्टर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ४ २०७६०२:३१:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend