आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपामा ठूलो पहिरो, अध्यक्षसहित गाउँ नै कांग्रेसको झण्डामुनि गोलबद्ध

नेकपामा ठूलो पहिरो, अध्यक्षसहित गाउँ नै कांग्रेसको झण्डामुनि गोलबद्ध

  • मंगलवार, चैत्र ४ २०७६

  • 8.6K
    SHARES

  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारका गलत नीतिका कारण असन्तुष्टि भएर कम्युनिस्टको मजदुर संगठन अखिल नेपाल औद्योगिक मजदुर संघ उदयपुरका जिल्ला अध्यक्ष अमरबहादुर काफ्ले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अध्यक्ष काफ्लेसहित जिल्लाको त्रियुगा नगरपालिका–५ श्रीपुरमा ठूलो संख्यामा स्थानीय नागरिक नेपाली कांग्रेसको झण्डामुनि गोलबद्ध भएका छन् । त्रियुगा नगरपालिकाको बेलचौरीमा आयोजित कार्यक्रममा अध्यक्ष काफ्लेसहित स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार भएका धनवीर कार्की समेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कम्युनिस्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का, नेपाली कांग्रेस उदयपुरका पूर्व सभापति तथा प्रदेशसभा सदस्य हिमाल कार्की, कांग्रेस नेता तथा त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरी लगायतले अबीर लगाएर स्वागत गरेका छन् । लामो समयसम्म कम्युनिस्ट राजनीतिमा लागेपनि कम्युनिस्ट सरकारले जनताको मनोभावना विपरीत काम गरेकाले कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीले जनाएका छन् । पार्टी प्रवेश गर्नेमा स्थानीय वासिन्दा जालबहादुर घङचिङ, कृष्णकुमार राई, दुर्गा कोइराला, भक्तबहादुर दनुवार, इन्दिरा बुढाथोकी, सुमित्रा बुढाथोकी, बिन्दा बुढाथोकी, तुलसा राई, सिम्रिकलाल चौधरी, सोममाया तामाङ, जानु मोक्तान, उर्मिला तामाङ, मंगली राई, पूर्ण तामाङ, सविता तामाङ, तुलसा खत्री, अनिता कार्की, पार्वती माया बुढाथोकी, गायत्रा बुढाथोकी, एलिना बुढाथोकी, सुस्मिता बुढाथोकी, कविता बुढाथोकी, राजकुमार सुब्बा, सिता राई, उमा बुढाथोकी, शेरबहादुर बस्नेत छन् । त्यस्तै अम्बिका बस्नेत, पुजा बस्नेत, पुष्पा भट्टराई, सरिता खत्री, रञ्जु बस्नेत, मनोज बुढाथोकी, अम्बिका कटुवाल, कविता कटुवाल, सकुन्तला खड्का, कृष्ण बस्नेत, सविता बस्नेत, मेनुका कार्की, सविना बुढाथोकी, हिरा राया, प्रतिका काफ्ले, रुद्रमाया थापा, पूजा बस्नेत, देविका बुढाथोकी, भोलाप्रसाद निरौला, तीर्थकुमारी बुढाथोकी, खम्ब माया कार्की, पम्फा काफ्ले, सारादा बस्नेत, गिरीबहादुर बस्नेत, सिता कार्की, दिनेश बुढाथोकी, भुपध्वज कार्की, रुद्रसिंह ठकुरी, बिन्दामाया बोहोरा र ढट्टमाया खतिवडा समेतले कांग्रेस प्रवेश गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ४ २०७६०२:२४:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend