मंगलवार, चैत्र ४ २०७६
पार्टीले पत्राचार गरेपछि जिल्ला सभापति पौडेललाई सबैले सहयोग गुर्नपर्ने र पौडेललाई पाटीले न्याय गरेको देउवा निकट जिल्लास्थित नेताहरुको तर्क छ तर अझै पनि उपसभापति पोखरेललाईनै सभापति बनाउनुपर्ने अडामा रामचन्द्र पौडेल निकटका जिल्लाका नेताहरु लागेका छन् ।
अहिले जिम्मेबारी पाएका सभापति पौडेल पार्टी सभापति शेर बहादुर देउवा निकट मानिन्छन् । यता वर्तमान उपसभापति पोखरेल पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।
यो जिल्ला समग्र रुपमा देउवा पक्षको बलियो जिल्लाको रुपमा मानिन्छ। पार्टीका प्रभावशाली नेता केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल प्रभाव रहेको यस जिल्ला पार्टी सभापति देउवाको बलियो ठाँउ मानिन्छ। मतदाता माझ राम्रो पटक भएको मानिएका कडेँल पार्टी सभापति देउवाका विश्वासिला पात्र हुन्।
गत निर्वाचनमा स्थानिय तहको निर्वाचनलाई आधार मान्दा करिब ५ हजार मतले पछिल्लो स्थान रहेका पश्चिम नवलपरासीको संघिय निर्वाचन क्षेत्र नम्बर २ मा कँडेलले १० हजार वढी मत अन्तरले जितेका थिए।
साविक नवलपरासी जिल्लाको नेपाली कांग्रेसका जिल्ला सभापति हुँदै हाल केन्द्रिय सदस्य एवम् केन्द्रिय अनुसासन समितीको सदस्यको जिम्मेवारीमा समेत रहेका कँडेल जनमानसमा राम्रो पकड बनाएका छन् ।
जिल्लाको पार्टी राजनितीमा कँडेललाई एक्लो बनाउने दाउमा जिल्लामा रामचन्द्र पौडेल निकटका जिल्ला स्थित नेताहरु एक जुट भएर लागेका छन् । कँडेललाई सिध्याएर आफ्नो गुट बलियो बनाउन दाउमा योजनामा रामचन्द्र निकटमा नेताहरु रहेका छन् ।
आफु जिल्लाको पार्टी सभापतिको भूमिकामा रहँदा आफ्नो नेतृत्वमा पार्टीको केन्द्रिय महासमितीको बैठक समेत साविक नवलपरासी जिल्लाको त्रिवेणी धाममा गर्न सफल कण्डेल पार्टी सभापति देउवा निटक मानिन्छन ।
पछिल्लो पटक देखिएको जिल्लाको राजनितिक ध्रुविकरण अनुसार देउवाका पक्षमा पार्टीका केन्द्रीय सदस्य कँडेल, जिल्ला सभापति बिष्णु पौडेल, जिल्ला समन्वय समितीका प्रमुख शिब शंकर प्रसाद राय, उपप्रमुख अब्दुल रहमान चुरिहार, प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, जिल्लाका नेता राधेश्याम पाठक, संगठन विभाग प्रमुख राजेन्द्र सहानी , प्रतापपुर गाउँपालिकाका प्रमुख राजकुमार शर्मा, उपप्रमुख अन्जु चौधरी, सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरी, उपप्रमुख उत्तमा कुमारी राय, पार्टीका केन्द्रीय नेता अनिल गौड, पार्टी उपसभापति सुवास चन्द्र गिरी सहित फोरम लोकतान्त्रिकका सबै नेता छन्।
यता बरिष्ठ नेता पौडेलको पक्षमा पूर्व सांसद देवकरण कलवार, विक्रम खनाल, सुनवल नगरपालिकाका प्रमुख भरत थापा र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, पार्टी सचिव बिक्रम यादव लगायत यस टिममा छन् ।
यसअघि उपसभापतिको जिम्मेवारीमा रहेका अर्जुन कुमार पोखरेल कार्यवहाक सभापतिको रुपमा केही समय अघि सम्म काम गर्दै आएका थिए। यद्यपी सो क्रममा समेत पार्टी उपसभापति पोखरेलले पार्टीलाई एकपक्षिय ढंगले काम गर्दै आएको आरोप लाग्दैआएको थियो ।
पश्चिम नवलपरासीमा कांग्रेस भित्र पार्टीका केन्द्रिय सदस्य कँडेल र पूर्व सांसद विक्रम खनालको गुट फरक फरक कित्तामा विभाजित छ।
जिल्लामा संघ र प्रदेश निर्वाचनको क्रममा पूर्वसन्ध्यामा जिल्लामा भएको सहमती अनुसार साविक लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भई आएपछि पूर्व लोकतान्त्रि फोरमको जिम्मेवारीमा रहेका नेताहरुलाई मर्यादाक्रम अनुसार पार्टीमा काम गर्ने गरी उचित ब्यवस्थापन गर्नुपर्ने पक्षमा पार्टीका केन्द्रिय सदस्य कँडेल उभिएका छन् ।
भने कँडेल इतरको पक्ष साविक फोरम लोकतान्त्रिकबाट समायोजन भइ आएकालाई खासै जिम्मेवारी नदिने, सहमती पनि नमान्ने तथा जिल्लामा यस अगावै फोरम लोकतान्त्रिकसंग गरिएको लिखित सम्झौता कार्यान्वयन नपर्ने पक्षमा लागेका छन् ।
साविक लोकतान्त्रिक फोरमका सवैजसो नेता कार्यकर्ता पार्टीका केन्द्रिय सदस्य कँडेलको गुटमा आवद्ध छन् । कँडेलले साविक लोकतान्त्रिक फोरमका नेता कार्यकतालाई उचित व्यवस्थापन गर्नुपर्ने र जिल्लामा भएको लिखित सम्झौता कार्यान्वयन हुनुपर्ने अडान लिदै आएका हुन् ।
कँडेलले साविक लोकतान्त्रिक फोरमलाई ब्यवस्थापन गर्ने मुद्दा उठाएको कँडेल पक्ष र सो लिखित सहमती नमार्ने पक्षमा देखिएको रामचन्द्र पौडेल निकटका नेताका कारण जिल्ला पार्टी दुई ध्रुवमा विभाजित भएका छन्।
केन्द्रीय तहमा कांग्रेसमा समयोजन भएको फोरम लोकतान्त्रिकको सहमती एउटा फरक अवस्था नवलपरासीमा छ । किन भने केन्द्रमा सहयोजन नहुदै पश्चिम नवलपरासी जिल्लामा कांग्रेस र साविक फोरम लोकतान्त्रिकका जिल्ला स्थित शिर्ष नेताहरु बिच लिखित सहमती भएको थियो ।
तर सो सहमती कार्यान्वयन गर्नुपर्न कण्डेल निकट नेता कार्यकर्ताको तर्क छ भने सो बेलामा गरेको लिखित निर्णय नमान्ने पक्षमा कँडेलल इतर पक्षको बुझाइ छ ।
यस अगावै पोखरेल उपसभापति अथवा कार्यवहाक सभापतिको भुमीकामा थिए। पार्टीको १३ औ महाधिवेशनको पुर्वसन्ध्यामा अघिल्लो संरचना अनुसार नेपाली कांग्रेस जिल्ला कार्य समिती नवलपरासीको जिल्ला सभापतिमा देउवा प्यालको तर्फबाट उम्मेबार बनेर बिष्णु लामीछाने निर्वाचित भएका थिए ।
पछिल्लो संघीय संरचना अनुसार साविक नवलपरासी जिल्ला दुई जिल्लामा बिभाजन भएपछि स्वतः पार्टी संरचना समेत दुई भागमा बिभाजन भएको थियो। साविकका सभापति विष्णु लामीछानेले नवलपुर जिल्ला रोजेपछि र सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वार्चित भएपछि लामीछाने स्वत पार्टीको नवलपुर जिल्लाको सभापति भएका थिए। हालसम्म उपसभाति पोखरेलले कार्यवाहक सभापतिको रुपमा काम गर्दै आएका थिए।
यद्यपी नवलपुर जिल्लाका सभापति बिष्णु लामीछाने पार्टीमा सबैको अपनत्व हुनेगरी नेतृत्वले समस्या समाधान गर्नुपर्ने पक्षमा उभिएका छन् । लामीछाने पार्टीका महामन्त्री डा. शशांक कोईराला निकट मानिएपनि देउवा गुटबाट जिल्लामा पार्टीको जिल्ला सभापति बनेका थिए । मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।