आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ललितपुरको बागमती गाउँपालिकामा कम्युनिस्टहरुको गुन्डागर्दी

ललितपुरको बागमती गाउँपालिकामा कम्युनिस्टहरुको गुन्डागर्दी

  • मंगलवार, चैत्र ४ २०७६

  • 7.3K
    SHARES

  • काठमाडौँ- ललितपुरको बागमती गाउँपालिकामा कम्युनिस्टहरुको गुन्डागर्दी बढेको छ। ललितपुर बागमती गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष बिश्नु तिमाल्सिनाको स्काइभेटरको चावी नै खोसेको छन् । ललितपुर गोदावरी नगरपालिका–११ स्थित राम तामाङ ईश्वरमान तामाङ नवराज तामाङ सन्तोष खड्का लगायतले प्रतिनिधि सभा सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ संजेलको आदेशमा घरेलु र बागमती गाउँपालिकामा दर्ता भएको बालुवा खानी बन्द गर भन्दै धम्क्याउदै १० लाख मागेका थिए। उक्त रकम नदिएपछी स्काइभेटरको चाबी खोसेर बालुवा खानी समेत बन्द गरेको छ। यसरी गुन्डागर्दी बढेपछी स्थानीयवासीले भट्टेडाँडामा रहेको चौकी नै घेरेर छन् । कम्युनिस्टहरुको गुन्डागर्दी बढ्न थालेपछि स्थानीयहरुको व्यापक उपस्थितिमा बाटो बन्द गर्न बाध्यहुने सोही वडाका वडा अध्यक्ष बिष्णु तिमल्सिनाले बताए। अहिले प्रतिनिधि सांसद सिलवाल र प्रदेश सांसद सन्जेलको आदेशमा ललितपुर क्षेत्र नम्बर १ मा कम्युनिस्ट गुण्डाहरुले ढुंगा खानी बालुवा खानी र क्रशरहरुमा व्यापक असुली गरी रहेको स्थानीयहरुले बताएका छन् । कांग्रेस युवाहरूसँगै स्थानीयहरु र उद्योग व्यवसायीहरुको प्रतीरक्षाको लागि प्रतिकारमा उत्रने बागमती गाउँपालिका तरुण दल अध्यक्ष नबराज खड्का बताउँछन् । बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन भन्छन्, ‘यसरी दर्ता भएको खानी नमिल्ने र त्यही बालुवा खानीको आधारमा गाउँपलिकाले अन्तरिक आए तर्फ ५ करोड भन्दा बढी आम्दानी गर्छ, यसरी राजनिती प्रतिशोधको आधारमा र गुन्डाहरु परिचालन गरेर खानी बन्द गर्दा बागमती गाँउपालिकाको विकाश निर्माणमा बाधा हुने छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ४ २०७६१२:०५:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend