काठमाडौं – संघीय सरकारमा झण्डै दुईतिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सभामा राखेको प्रस्ताव मतदानबाटै फेल भएको छ ।
प्रदेशसभा २ मा सबैभन्दा ठूलो दल भएपनि नेकपाको प्रस्ताव प्रदेश सभाबाट फेल भएको छ । प्रदेशको नाम राख्न भएको मतदानका क्रममा नेकपाले राखेको जानकी नाम फेल भएको हो ।
प्रदेश सभाका १०७ सदस्यमध्ये नेकपाको जानकी प्रदेशको पक्षमा ३७ मत मात्रै खस्यो । मंगलबार प्रदेश सभामा प्रदेशको नाम र राजधानीबारे मतदान भइरहेको छ ।
प्रदेश सभामा नेकपाका सांसद ३२ जना छन् । प्रदेशको नाम पारित हुन संसदमा दुईतिहाइ बहुमत प्राप्त हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभामा नेकपाको प्रस्ताव जानकी प्रदेशको विपक्षमा ७० मत परेका छन् ।
प्रदेश सभामा कूल १०७ जना सदस्य छन् । प्रदेश सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा नेपाल २५, नेकपा ३२, नेपाली कांग्रेसका १९, संघीय समाजवादीको १ जना प्रदेशसभा सदस्य रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।