आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओखलढुंगामा सुनुवारलाई झड्का, नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

ओखलढुंगामा सुनुवारलाई झड्का, नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

  • मंगलवार, चैत्र ४ २०७६

  • 7.0K
    SHARES

  • ओखलढुंगा - नेपाल कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेकपासहितका विभिन्न दल परित्याग गरेका आधा दर्जन नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका छन् । युवा नेता खतिवडाले गृहजिल्ला ओखलढुंगामा नेकपा र राप्रपाका नेताहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । सदरमुकाममा आयोजित कार्यक्रममा खतिवडाले उनीहरूले पार्टीमा प्रवेश गराएको ओखलढुंगा कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस प्रवेश गर्नेमा होमबहादुर बस्नेत, अम्मरबहादुर खड्का, बुद्धिराज कार्की, सञ्जीनकुमार बस्नेत, सुजन बस्नेतसहितका नेता तथा कार्यकर्ता रहेको ओखलढुंगा कांग्रेसका सभापति प्रदीप सुनुवारले जानकारी दिए । पार्टी प्रवेश गराएपछि कांग्रेसका युवा नेता खतिवडाले योग्यता र क्षमताका आधारमा पार्टीमा सबैलाई स्थान दिइने बताए । ‘कांग्रेसले नेता तथा कार्यकर्ताहरूको क्षमताको मूल्यांकन गर्छ । मूल्यांकन गर्ने क्रममा समय लाग्न सक्ला । तर, न्याय सबैका हुन्छ’, खतिवडाले भने, ‘कांग्रेस भनेको कम्युनिस्टहरूले जस्तो झुठ बोल्न जान्दैन ।’ कांग्रेसमा प्रवेश गर्नका लागि नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू चिसङ्खुगढीबाट गाडी रिजर्ब गरेर सदरमुकाम आएका थिए । कांग्रेस प्रवेश गरेका उनीहरूले कम्युनिस्ट र राप्रपा एउटै भएको भन्दै राष्ट्रियता र जनताका लागि कांग्रेसले मात्रै न्याय गर्ने बताएका थिए । नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवारले कम्युनिस्टहरूबाट ओखलढुंगाका जनता आजित बनेको बताए । उनले अब ओखलढुंगाको विकास र जनताको समस्याको समाधान कांग्रेसले मात्रै गर्ने बताए । ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभामा नेकपाका यज्ञराज सुनुवारले जितेका छन् । सांसद सुनुवारले काम नगरेको तथा जनतालाई झुक्काएको कांग्रेस प्रवेश गरेका नेकपाका नेता तथा कार्यकर्ताहरूले आरोप लगाए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ४ २०७६१०:४५:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend