काठमाडौं– एक नेपालीको टाउकोमा ऋणको भार ३९ हजार पुगेको छ। सरकारको ऋण दायित्व बढेर ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
यसमध्ये आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ छ । वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ । जनताको टाउकोमा प्रतिव्यक्ति ऋण बढेर झण्डै ३९ हजार रुपैयाँ पुगेको छ ।
सडक, जलविद्युतलगायत विभिन्न परियोजना सञ्चालनका लागि सरकारले आन्तरिक र वाह्य ऋण लिँदै आएको छ ।
चालु आर्थिक वर्षयता संघीय सरकारले आन्तरिकतर्फ २ अर्ब ४० करोड रुपैयाँ ऋणको साँवा भुक्तानी र १० अर्ब ६४ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको अर्थले जनाएको छ । वैदेशिकतर्फ १० अर्ब ३२ करोड साँवा र २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।
आर्थिक वर्ष सुरु भएयता १ खर्ब ९ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक सहयोग प्रतिवद्धता प्राप्त भएको छ । जसमध्ये १६ अर्ब २० करोड अनुदान र ९३ अर्ब ८ करोड रुपैयाँ ऋण रहेको अर्थले जनाएको छ । अनुदानको हिस्सा १४.८२ र ऋणको ८५.१८ प्रतिशत हिस्सा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।