काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको घाँटी र नाकमा समस्या देखिएको छ ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारी विगत केही दिनदेखि अस्वस्थ रहेकी छिन् । भण्डारी अस्वस्थ्य भएको विषयमा निजी सचिवालयले केही जानकारी दिएको छैन ।
राष्ट्रपति भण्डारी तीन दिनदेखि बिरामी भएका कारण कसैसँग भेटघाट गरेकी छैनिन् । शीतल निवासभित्र उनको आन्तरिक रूपमा उपचार भइरहेको छ ।
आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै चार दिनअघि काठमाडौं आइपुगेका सात प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति भण्डारी बिरामी भएका कारण भेट्न नपाएको स्रोतले जनाएको छ ।
प्रदेश प्रमुखहरूलाई राष्ट्रपति कार्यालयले भण्डारी बिरामी रहेको भन्दै भेट्ने समय दिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।