आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

महाधिवेशन फागुन महिनाभित्र नभए ठुलो दुर्घटना : सिटौला

महाधिवेशन फागुन महिनाभित्र नभए ठुलो दुर्घटना : सिटौला

  • सोमवार, चैत्र ३ २०७६

  • 3.8K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशन फागुन महिनाभित्र कुनै पनि हालतमा गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफू निकटका नेता तथा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै सिटौलाले १४औँ महाधिवेशन फागुन महिनाभित्र गर्नै पर्ने बाध्यता रहेको बताए । ‘पार्टीको १४औँ महाधिवेशन सर्नुपर्यो भने हामीले अहिले ब्यहोरोको क्षतिभन्दा कयौँ गुणा धेरै क्षति व्यहोर्नुपर्छ’, उनले भने, ‘समयमा महाधिवेशन गरेर स्थानीय तहको निर्वाचनमा जानुपर्छ । होइन भने निर्वाचनमा कांग्रेसलाई ठूलो क्षति हुनेछ ।’ नेता सिटौलाले ०७८ साल फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको जानकारी दिँदै कांग्रेसले पार्टीको महाधिवेशन गरेर निर्वाचन केन्द्रित कार्यक्रम गर्नुपर्ने बताए । ‘महाधिवेशन सम्पन्न भएपछि जसको नेतृत्व आएपनि पार्टीलाई एकताबद्ध गराएर लिएर जानुपर्छ’, उनले भने, ‘त्यही अनुसार संगठन बनाउनुपर्छ । अहिले जस्तो विभागहरूलाई निष्क्रिय बनाउनु हुँदैन ।’ सिटौलाले अहिले ४ वर्षपछि विभागहरू बन्न थालेको भन्दै यसरी पार्टी चल्न नसक्ने बताए । १४औँ महाधिवेशनको कार्यक्रमहरू प्रभावित भइसकेको भन्दै सिटौलाले समायोजन हुन बाँकी जिल्लाहरूमा समायोजनको काम सकेर छिटोभन्दा छिटो क्रियाशील सदस्यता र नवीकरणको फारम वितरण गर्नुपर्ने बताए । उनले १४औँ महाधिवेशन फागुनभित्र गर्ने हो भने नेतृत्वलाई दवाव गर्नै पर्ने बताए । नेता सिटौलाले गएको बैठकहरूमा बहुमत र बहिस्कारको स्थिति सिर्जना भएको भन्दैै चिन्ता जनाए । ‘सभापतिलाई भेटेर बहुमतले बनाएको कार्यतालिका सच्चाउन आग्रह गरेँ’, उनले भने, ‘इतिहासमा यस्तो भएको थिएन । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलजीलाई भेटेर सहमतिका लागि आग्रह गरेको छु ।’ ‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुन्छ । महाधिवेशनको मुखमा हुँदा कस्तो राजनीतिक समीकरण हुन्छ भन्न सकिँदैन’, उनले भने, ‘पार्टीभित्र कोही पनि कमजोर भएर अगाडि बढ्न सकिँदैन ।’ नेता सिटौलाले देशको परिस्थिति र साथीहरूको चाहनाका विषयमा सोँच्न नेतृत्वसँग आग्रह गरेको बताए । ‘नयाँ बन्न भनेको छु । व्यवहार र आचारणले नयाँ नबन्ने हो भने कसरी नयाँ संरचनालाई कसरी अगाडि बढाउने ? हरेक दृष्टिले नयाँ बन्नुपर्छ’, सिटौलाले भने, ‘पार्टीभित्र आमूल परिवर्तन हुनुपर्छ । युवाहरूले नेतृत्व लिनुपर्छ । नेतृत्वमा आउन डराउनु हुँदैन । युवाहरू अगाडि आएनन् भने हामीले छाड्दैनौँ । पार्टीलाई हाक्छु भन्ने हिम्मत राख्नुपर्छ ।’ नेता सिटौलाले काठमाडौंमा बसेका कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई जिल्लामा जान निर्देशन पनि दिएका छन् । ‘महाधिवेशन लागेको छ । जिल्लामा क्रियाशील सदस्यता वितरण हुँदैछ । पदमा जाने हो भने क्रियाशील सदस्यता लिनुपर्छ’, उनले भने, ‘पछि क्रियाशील सदस्यता पाइँन भनेर गुनासो गर्न पाइने छैन ।’ नेता सिटौलाले १४औँ महाधिवेशनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न सभापति देउवा र वरिष्ठ नेता पौडेललाई चेतावनी पनि दिएका छन् । ‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्दै जाउँला’, उनले भने, ‘कांग्रेसभित्र विवाद छ भने मिलेर समाधान गरौँ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ३ २०७६११:४२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend