आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डलाई थप्पड हानेका कुँवर संसदको शौचालयबाट ७ वर्षपछि पक्राउ

प्रचण्डलाई थप्पड हानेका कुँवर संसदको शौचालयबाट ७ वर्षपछि पक्राउ

  • आइतवार, चैत्र २ २०७६

  • 3.8K
    SHARES

  • काठमाडौं – तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ७ वर्ष अगाडि थप्पड हानेका पदम कुँवर फेरि पक्राउ परेका छन् । शनिवार साँझ बानेश्वरस्थित संसद भवनबाट प्रहरीले कुँवरलाई पक्राउ गरेको हो । संसद भवनको शौचालयमा प्रवेश गरेका उनले सुरक्षाकर्मीसँग विवाद गरेको आरोप छ । विवादपछि कुँवरलाई पक्राउ गरिएको बानेश्वर प्रहरीका डीएसपी दूर्गाराज रेग्मीले जानकारी दिए । अहिलेको पक्राउ प्रकरण विगतको घटनासँग सम्बन्धित नभएको प्रहरीले जनाएको छ । कुँवर किन संसद भवनतिर छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताएका छन् । २०६९ मंसिर गते भृकुटीमण्डपमा आयोजित चियापान समारोहमा सहभागी भएका बेला कुँवरले प्रचण्डलाई थप्पड हानेका थिए । बागलुङका कुँवर त्यसबेला मोहन वैद्य नेतृत्वको माओवादीसँग आबद्ध रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २ २०७६०९:०२:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend