आइतवार, चैत्र २ २०७६
बैतडी– नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पाललाई जनप्रतिनिधि अपहरण गरेको आरोप लागेको छ । डिलासैनी गाउँपालिकाको केन्द्र विवादमा मुछिएका पाल र गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराको निर्देशनमा अपहरण गरेको आरोप लागेको हो ।
अपहरणमा परेको भनिएका डिलासैनी गाउँपालिका ७ वडा सदस्य घुङरा लुहारका छोरा गणेश लुहारले प्रहरीमा उजुरी समेत दिएका छन् । फागुन २९ गते डिलासैनी ३ पंसेराका शिक्षक धनिराम ओडलाई अगुवा गर्दै अपहरण गरेको आरोप उनले लगाएका हुन् ।
गाउँसभामा पालिका केन्द्र सम्बन्धि निर्णय हुने भएकाले जवरवस्ती मतदान गराउन अपहरण गरिएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् । गणेशले २०७३र१२र०३ गाउँ पालिका केन्द्रबारे मतदान हुने भनिएको गाउँसभामा जवरजस्ती मतदान गराउन आफ्नो आमाको अपहरण गरिएको हुन सक्ने आशंका गरेका छन् ।
‘चैत तीन गते हुने भनिएको गाउँ सभा बैठकमा पालिका केन्द्रबारे मतदान हुने कार्यक्रम रहेकाले जवरवस्ती मेरी आमाको मत उनको इच्छा विपरित प्रयोग गर्नका लागि गाउँपालिका अध्यक्ष उकेन्द्र बोहरा र जिल्ला अध्यक्ष सुरेन्द्र पालको निर्देशनमा आमालाई घर फर्किन नदिइ धनिरामले जवरवस्ती मेरी आमालाई पंसेरामा लुकाएर राखेको बुझिन आएकाले मेरी आमालाई तत्काल सम्पर्कमा ल्याई मेरो जिम्मा लगाई पाउँ भनि यो निवेदन पेश गर्दछु’, उनले निवेदनमा भनेका छन् ।
गोकुलेश्वर प्रहरी चौकीमा निवेदन दिँदै उनले आफ्नो आमाको खोजतलास गरिपाउँ भनेका छन् । ‘मिति २०७६/११-२९ गतेका दिन डिलासैनी ३ पंसेरा निवासी शिक्षक धनिराम ओडले डिलासैनी ७ धामी गाउँको एउटा योजनामा विनियोजन गरिएको तीन लाखमा रुपैयाँ कटौती भएर ६० हजारमा काम भएकोले र उक्त विषयमा छलफल गर्ने भनेर पंसेर बोलाएको भएपनि अहिलेसम्म आमा घरमा नफिर्किएको’, उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।