आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण

प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण

  • आइतवार, चैत्र २ २०७६

  • 3.9K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलिएर शक्तिराष्ट्रको समेत टाउको दुखाइको विषय बनेको कोरोना भाइरसको संक्रमण स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती मारिया बेगोना गोमेज फेर्नान्देमा समेत देखिएको छ । स्पेन सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणका अनुसार स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य परीक्षण गर्दा मारियामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । कोरोना भाइरस देखिएपनि उनी खतरामुक्त रहेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनिस सरकारले मन्त्रिपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो । परीक्षणमा स्पेनका २ मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा समेत संक्रमण भेटिएको थियो । युरोपमा इटालीपछि स्पेन कोरोना भाइरसले संक्रमित दोस्रो ठूलो देश बनेको छ । शनिवार साँझसम्म कोरोना भाइरस संक्रमणबाट सय जनाको मृत्यु हुनुका साथै ५ हजार ७ सय व्यक्ति संक्रमित भएको स्पेनिस सञ्चारमाध्यमले खबर प्रकाशित गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २ २०७६०२:१८:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend